सरकारले नीजि अस्पताललाई पनि कोरोना परीक्षण गर्ने अनुमति दिएको छ।
‘अब आइन्दा आवश्यक प्रक्रिया पुरा गरी प्राइभेट ल्याबलाई पनि स्वाब नमूना जाँच्न दिने व्यवस्था गरिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमा बताए, ‘यसको लागि लाग्ने खर्च नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ।’
यसैगरी विदेश जानुपर्नेका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि आवश्यक पर्दा गरिने नमूना संकलन र परीक्षण वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याबमा गरिने व्यवस्था मिलाइएको पनि गाैतमले जानकारी दिए।
प्रतिक्रिया