ad ad

समाज


भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नेपालखबर
असार १, २०७७ सोमबार १२:१४,

मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका– १० कमलविनायक भत्केकोपाटीमा बा ९५ प १४५५ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–९ बोडेमा बा ५ ख ४३११ नं को पानीको ट्यांकरले बा ९२ प ७०७७ नं को स्कुटरलाई ठक्कर दिएर दुर्घटना हुँदा स्कुटर पछाडी सवार काठमाडौं कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी कार्कीको नेपाल कोरियामैत्री अस्पताल ठिमीमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए। प्रहरीले ट्यांकर चालक रामेछाप मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री र दुई सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .