ad ad

समाज


भारतमा गएको चौबिस घण्टामा १० हजारभन्दा बढी नयाँ संक्रमित थपिए

भारतमा गएको चौबिस घण्टामा १० हजारभन्दा बढी नयाँ संक्रमित थपिए

नेपालखबर
असार २, २०७७ मंगलबार ७:१४,

एकैदिन १० हजार ६६७ नयाँ संक्रमित थपिँदा सोही अवधिमा ३८० जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ४३ हजारभन्दा बढी पुगेको छ। हालसम्म भारतमा झन्डै दश हजारको मृत्यु भइसक्दा १ लाख ८० हजार उपचारपछि स्वस्थ बनेका छन्।

भारतमा पछिल्लो समय दश हजारको दरले कोरोना संक्रमित थपिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको पछिल्लो कोरोना अवस्थाबारे बुझ्ना विभिन्न राज्यमा मुख्यमन्त्रीसँग छलफल गर्ने बताइएको छ।

यतिबेला भारत कोरोनाले सबैभन्दा प्रभावित राष्ट्रको चौथो स्थानमा छ। अमेरिका, ब्राजिल र रुसपछि भारत कोरोनाले प्रताडित बनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .