ad ad

समाज


कर्णालीमा कोरोना संक्रमितको संख्या १०८६ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या १०८६ पुग्यो

नेपालखबर
असार २, २०७७ मंगलबार ९:३८,

कर्णाली प्रदेशमा मंगलबार थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण केन्द्रमा गरिएको परीक्षण अनुसार नौ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा दैलेखका ५ र सुर्खेतका ४ जना रहेका प्रदेशकाे सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ।

संक्रमित एक जना तीन वर्षीय बालक छन्। नाै जनामा एक महिला र बाँकि सबै पुरुष हुन्। संक्रमित सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे बताइएकाे छ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १०८६ पुगेको छ।

यता प्रदेश ५ अन्तर्गत भेरी अस्पताल नेपालगञ्जमा गरिएकाे परीक्षणका क्रममा गत २४ घन्टामा १० जनामा संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ।

karnali-3-2.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .