मंगलवार कञ्चनपुर र कैलालीमा एक वर्षे बालक सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
कैलालीको लम्कीचुहा नगरपालिकाका १४ र २४ वर्षीय महिला, धनगढी उपमहानगरपालिका ३९ वर्षीय महिला, १, ५२, २३, ३३, ३०, ३२, ३३ वर्षीय पुरुष तथा कञ्चनपुर १७, १९, ५०, ४९, ३४, २५, २५ र १७ वर्षीय पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३४४ पुगेको छ। तीमध्ये ५२ जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।
3
Shares
प्रतिक्रिया