गण्डकी प्रदेशमा थप २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार बिहान विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार नवलपरासीका १८ र पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसमा पनि नवलपरासीको हुप्सेकोटमा मात्रै १४ जनामा संक्रमण देखिएको निर्देशक विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
योसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ४७ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
थपिएका २१ संक्रमित सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वोन्टिनमा बसेका व्यक्ति हुन्। अब
उनीहरूलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा राखिने गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया