ad ad

कारोबार


टेलिकमले बिलम्ब शुल्क मिनाहा गर्ने

टेलिकमले बिलम्ब शुल्क मिनाहा गर्ने

नेपालखबर
असार ३, २०७७ बुधबार ३:११,

कोभिड-१९ का कारण भएको लकडाउनमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ।

कम्पनीको सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू हुने टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

यसैगरी जिएसएम मोबाइल डाटा सेवा र सिडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट अन्त्य गरी असार १ गतेदेखि नियमित शुल्क नै लागू गरिएको छ।

टेलिकमले ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहेको प्रवक्ता जोशीले जानकारी दिए।

नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच ०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो।

ती स्थानलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टिनस्थल बनाएकाले प्राधिकरणको अनुरोधमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सञ्चालन गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको टेलिकमले जनाएको छ।

कम्पनीले एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेदेखि नै शुरु गरेको छ। एउटै लाइनबाट फोन, डाटा र टिभी सेवासमेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासोका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये चार नम्बर थिची बिहान ८ देखि साँझ ६ बजेसम्म सिधै अपरेटरलाई गुनासो टिपाउन सकिने छ।

बन्दाबन्दीको अवधिमा भ्वाइस र डाटा सेवाप्रति ग्राहकको आकर्षण बढेको छ। भ्वाइस र डाटा उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको टेलिकमले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .