ad ad

समाज


सडक पेटीमा मकै पोल्ने ८२ वर्षीया वृद्धालाई सहयोग

सडक पेटीमा मकै पोल्ने ८२ वर्षीया वृद्धालाई सहयोग

नेपालखबर
असार ३, २०७७ बुधबार १०:३४,

सडक पेटीमा मकै पोलेर जीविकोपार्जन गर्दै आएकी ८२ वर्षीया वृद्धालाई रू १० हजार प्रदान गरिएको छ। पोखरा –१७, घारिपाटनमा दश वर्षदेखि मकै पोलेर जीवन धान्दै आएकी सहारा क्षेत्रीका बारेमा जेठ २५ गते राससमा ‘हरियो मकैले धानेको बुढ्यौली’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

समाचारबाट उनको वास्तविकता बुझेपछि बेलायत निवासी समाजसेवी प्रेमबहादुर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत उक्त रकम पठाएका हुन्।

‘हामीले बूढी आमाको बारेमा समाचारमा पढ्यौँ, चार सन्तान जन्माएर पनि बेसहारा बन्नुभएकी आमा परिवारका साथ मायाममता र उचित स्याहारका साथ बाँच्नुपर्ने उमेरमा दुःख गरेर जीवन धानिरहनुभएको रहेछ। रक्तचापको बिरामी हुनुहुँदो रहेछ, त्यसैले सहयोग पठाएका हौँ’, प्रेमले भने।

दोसल्लाको सम्मानसहित रु १० हजार बुझ्दै गर्दा क्षेत्रीको आँखा रसाएका थिए।

‘मेरै कोखबाट मैले नजन्माए पनि मलाई माया गर्ने धेरै छोराछोरी यो संसारमा छन्, मेरो दुःख देख्न नसकी मलाई दबाइ खर्च पठाउँछन्।’ उनले भनिन्, ‘बिहान बेलुकाको छाक पाखुराले साथ दिएसम्म गरेर खान्छु।’

बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिएपछि विपन्न परिवारका लागि सहयोग अभियानमा सक्रिय छन्। उनले भनिन्, ‘यो उमेरमा सहारा नहुँदा पनि आत्मबल दरो बनाएर आगोमा पसिना चुहाउनुभएको छ, बाँच्नका लागि संघर्ष गर्नुभएको छ।’ उनले आफू र साथी पार्वती गुरुङ कोरोनाको समयमा सहयोग अभियानमा जुटेको र हालसम्म एक हजारलाई राहत वितरण गरिसकेको जानकारी दिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .