ad ad

समाज


पोखरामा महिलालाई छुट्टै क्वारेन्टिन

पोखरामा महिलालाई छुट्टै क्वारेन्टिन

वाशुदेव मिश्र
असार ३, २०७७ बुधबार १०:४१,

पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ। महानगरले पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बुद्ध हस्पिटलको खालि भवनमा महिलाहरुका लागि क्वारेन्टिन बनाएको हो।

बुद्ध अस्पताललाई यसअघि नै क्वारेन्टिन बनाउने निर्णय भए पनि स्थानीयले विरोध गरेकाले त्यो ठाउँ खालि नै थियो। वडा नम्बर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले विदेशबाट आउने महिलाको सुरक्षाका लागि सो ठाउँलाई महिला क्वारेन्टिन बनाउने प्रस्ताव गरे अनुरुप महानगरले सो भवनलाई क्वारेन्टिन बनाउने निर्णय गरेको हो।

कैलालीको लम्कीचुहामा क्वारेन्टिनमा बसेकी महिलाको बलात्कार भएसँगै महिलाको लागि छुट्टै क्वारेन्टिनको आवश्यकता खट्केको हो। पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङका अनुसार क्वारेन्टिनमा बुधबार नै भारतबाट आउने ८ जना महिलालाई राख्ने तयारी गरिएको छ।

‘भारतबाट ८ जना महिला पोखरा आउँदै हुनुहुन्छ उहाँहरुलाई यहाँ राख्नुपर्छ, महिला पुरुषलाई एउटै ठाँउमा राख्दा बलात्कार लगायतका थुप्रै कुरा बाहिर आएका छन्’, उनले भनिन्, ‘ ‘त्यसैले महिलाका लागि छुट्टै क्वारेन्टिनको ब्यवस्था गरेका छौं।’

त्यहाँ ५० जना राख्न सक्ने क्षमता रहेको छ। परिवारसहित आउनेलाई अन्य क्वारेन्टिनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्न सकिने महानगरको आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .