चीनसँग बढेको तनावपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएका छन्।
चीनसँगका विवादको विषयमा चुप लागेको आरोप लागि रहेको समयमा भारतीय प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन्।
विपक्षी दल कांग्रेसका नेताहरुले प्रधानमन्त्री मोदीले देशलाई पर्याप्त जानकारी नदिएको भन्दै आलोचना हुँदै आएको थियो।
सोमबार भएको झडपमा भारतका २० सैनिकको ज्यान गएको छ।
बुधबार दिउँसो मोदीले छोटो सम्बोधनमा जवानहरुको बलिदान खेर नजाने भन्दै सबैलाई आश्वस्त पार्ने प्रयास गरे।
एक महिनादेखि भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा विवाद चल्दै आएको थियो।
प्रतिक्रिया