ad ad

समाज


भक्तपुर परिसरका प्रहरी जवानमा कोरोना, अन्य १२ प्रहरीलाई क्वारेन्टिनमा राखेर स्वाब संकलन गरिँदै

भक्तपुर परिसरका प्रहरी जवानमा कोरोना, अन्य १२ प्रहरीलाई क्वारेन्टिनमा राखेर स्वाब संकलन गरिँदै

नेपालखबर
असार ४, २०७७ बिहिबार ४:४४,

भक्तपुर महानगरीय प्रहरी परिसरमा कार्यरत एक जवानलाई कोरोना संक्रमण भएपछि त्यहाँका अन्य १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ।

प्रहरी परिसरको सञ्चार कक्षमा कार्यरत प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको हो। भक्तपुरकै चाँगुनारायण नगरपालिका घर भएका ३२ वर्षीय उनलाई संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत अन्य १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

‘सञ्चार कक्षलाई सिल गरेका छौं, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राखेका छौं,’ उनले भने, ‘परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौं।’ क्वारेन्टिनमा राखेका प्रहरीको आज स्वाब संकलन गरी कोरोना परीक्षणका लागि आज प्रयोगशाला पठाइने उनले जानकारी दिए।

संक्रमित प्रहरी जवानको परिवारका सदस्यको पनि स्वाब संकलन गरिने छ। ती प्रहरी जवानलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर जाँचका लागि पठाइएको थियो। बुधबार संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .