ad ad

समाज


गण्डकीमा शुक्रबार बिहान मात्रै ५६ संक्रमित थपिए, कूल संख्या ३८० पुग्यो

गण्डकीमा शुक्रबार बिहान मात्रै ५६ संक्रमित थपिए, कूल संख्या ३८० पुग्यो

वाशुदेव मिश्र
असार ५, २०७७ शुक्रबार ६:१७,

गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान थप ५६ जनामा संक्रमण पुष्टि भएको छ।

बिहान ६ बजे विज्ञप्ति प्रकाशन गरी थप २४ जनाका संक्रमण पुष्टि भएको जानकारी दिएको गण्डकी स्वास्थ्य निर्देशनालयले पुनः ११ बजे अर्काे विज्ञप्ति जारी गरी अरू ५६ संक्रमित थपिएको जनाएको हो।

गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पछिल्लाेपटक सार्वजनिक गरेको विवरणअनुसार ३ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको हो।

जसमा बागलुङको बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकाका ४ पुरुष र १ महिला, तनहुँको घिरिङ नगरपालिकाका १४ पुरुष र ३ महिला र पर्वत जिल्ला अस्पतालका ३ महिला र २ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार यसअघि आजै बिहान पूर्वी नवलपरासीका २, बागलुङका १४, कास्कीका ६ र स्याङ्जाका ६ गरी थप २४ संक्रमित थपिएका छन्। 

सबै गरेर अहिलेसम्म गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ३८० पुगेको निर्देशानलयले जनाएको छ।

अहिलेसम्म २२ जना निको भएर घर फर्किसकेका छन्। एक संक्रमितको भने मृत्यु भएको छ।

gabibi

यसअघि आजै बिहान थपिएकाे विवरण यहाँ: गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .