ad ad

खेल


ला लिगामा रियल म्याड्रिडको शानदार जित

ला लिगामा रियल म्याड्रिडको शानदार जित

नेपालखबर
असार ५, २०७७ शुक्रबार ६:१६,

स्पेनिस ला लिगाको बिहीबार राति भएको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई ३–० ले पराजित गरेको छ।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकले कम गरेको हो। २९ खेलमा ६२ अंक जोडेको रियल दोस्रो स्थानमा रहँदा समान खेलबाट बार्सिलोनाको ६४ अंक छ। त्यति नै खेल खेलेको भ्यालेन्सिया ४३ अंकमा आठौं स्थानमा छ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले सबै गोल दोस्रो हाफमा गर्यो।

रियलको जितमा करिम बेन्जेमाले दुई तथा मार्को एसेन्सियोले १ गोल गरे। खेलको २१औं मिनेटमा भ्यालेन्सियाका रोड्रिगो मोरेनोले गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोगमा अफसाइड दिए।

खेलको ६१औं मिनेटमा करिम बेन्जेमाको गोलमा रियलले अग्रता बनाएको थियो। ७४औं मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारे।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले एक मिनेट नबित्दै गोल गरे। ८७औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .