भोजपुरको षडानन्द नगरपालिका–२ ताबुमा रहेको एक टहरोबाट प्रहरीले वेवारिसे अवस्थामा विभिन्न हतियार तथा बिस्फोटक पदार्थ बरामद गरेको छ।
बरामद हतियारमा कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, डेटोनेटर २ थान, तारहरु तथा विभिन्न दस्तावेजहरु रहेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उक्त स्थानमा पुगि बाँदर रुङ्ने टहरोमा शंका लागि चेक गर्दा बेवारीसे अवस्थामा रहेको झोला फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला परेको हो।
साथै प्रहरीले उक्त सकेट बम डिष्पोजको लागि नेपाली सेनासँग आवश्यक समन्वय गरेको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया