ad ad

समाज


पोखरामा पनि देखियो सलह

पोखरामा पनि देखियो सलह

वाशुदेव मिश्र
असार १४, २०७७ आइतबार ७:३१,

‘मानो रोपेर मुरी उब्जाउने माँचोका बेला नेपाल पसेको सलह पोखरा आइपुगेको छ।

शनिबार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्बिर राखिए पनि आइतबार भने साँच्चिकै सलह पोखरा आएको प्रमाणित भएको हो।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा– १७,महतगौंडामा ८/१० वटा सलह देखिएको पुष्टि गरे।

उनका अनुसार ठूलो हुल बाँधेर नआए पनि हावाको गतिमा सलह पोखरा आइपुगेको छ। ‘तितरबितर भएर सहल पोखरा आइपुगेको हुनसक्छ,विभिन्न सरोकारवाला निकायहरुले पहिचानको साथै सहकार्य गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘सचेत हुन जरुरी छ।’

बाली सखाफ बनाउने सलह पोखरा पसेसँगै यो क्षेत्रका किसानहरुमा पनि सन्त्रास छाएको छ। गण्डकीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी प्रवक्ता ज्योति क्षेत्रीले सलह गण्डकी पसेपछि के गर्ने भन्नेबारे छलफल चलिरहेको जानकारी दिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .