ad ad

समाज


अवैध रुपमा ल्याइएको भारतीय बिँडीसहित तीन पक्राउ

 अवैध रुपमा ल्याइएको भारतीय बिँडीसहित तीन पक्राउ

नेपालखबर
असार १४, २०७७ आइतबार ७:४०,

हातहतियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिँडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड छन्।

उनीहरुलाई दशरथचन्द –८ नल्तडीस्थित महाकाली किनारबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भन्सार छली महाकाली नदीमा ट्युबमार्फत अवैध रुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको टोलीले अभियुक्तलाई पक्राउ गरेको जनाइएको छ।

बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने छ।

यसअघि गत जेठ २८ गते सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापित सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) को गस्ती टोलीले दशरथचन्द–६ शेराबाट दुई पेटी बिँडी बरामद गरेको थियो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .