ad ad

समाज


बेइजिङ नजिकैको आङसिन काउन्टीमा सङ्क्रमित भेटिएपछि लकडाउन लागू

बेइजिङ नजिकैको आङसिन काउन्टीमा सङ्क्रमित भेटिएपछि लकडाउन लागू

नेपालखबर
असार १४, २०७७ आइतबार ९:५७,

चिनियाँ अधिकारीले सङ्क्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन्।

चीनले पहिलो चरणमा कोभिड–१९ सङ्क्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै सङ्क्रमण फैलिएको आशङ्कामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी सङ्क्रमण परीक्षण गरेको थियो।

चीनको राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा पछिल्लो समय पुनः सङ्क्रमण देखिन थालेपछि सरकारले स्थानीय वस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कलाई बन्द गरेको छ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी सङ्क्रमण फैलिन नदिने प्रयास भएको हो।

सरकारले उक्त क्षेत्रमा परिवारबाट एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजस्ता अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिई परीक्षण र उपचारलाई तीब्र पार्नलागेको छ, आङसीको महामारी रोकथाम कार्य दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो। यससँगै मध्य जुनदेखि बेइजिङ र वरपरका क्षेत्रमा सङ्क्रमित हुनेको सङ्ख्या ३११ पुगेको बताइएको छ । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो।

परीक्षण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउने धारणा राख्दै बेइजिङ शहरका अधिकारी सु हेचियानले भने,“सङ्क्रमितको सङ्ख्या भेटिने क्रम जारी रहेकोले हामीलाई ढुक्क भएर बस्ने अवस्था अझै आएको छैन।”

सङ्क्रमण फैलिन नदिन सङ्क्रमित क्षेत्रका बासिन्दालाई सहर छोडेर अन्यत्र नजान, विद्यालयहरू बन्द गर्न भनिएको छ भने दर्जनौँ आवासीय क्षेत्रका भवन परिसरहरूलाई बन्द गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .