ad ad

समाज


फास्ट ट्रयाकमा धान रोप्न पुगे किसान, रोक्दै प्रहरी

फास्ट ट्रयाकमा धान रोप्न पुगे किसान, रोक्दै प्रहरी

नेपालखबर
असार १५, २०७७ सोमबार ८:३२,

काठमाडौं–निजगढ फास्ट ट्रयाकमा पर्ने जग्गा खनजोत गर्न गएका किसान र प्रहरीबीच विवाद भएको छ।

सोमबार ललितपुरको खोकनामा खेत खनजोतका लागि पुगेका स्थानीयलाई प्रहरीले रोकेपछि विवाद भएको हो।

आयोजनामा पर्ने जग्गामा किसानले खनजोत गर्न थालेपछि रोकिएको प्रहरी परिसर ललिपुरका प्रवक्ता एसपी तुलाबहादुर कार्कीले बताए।

किसानले भने जग्गाको मुआब्जा नपाएकाले आफ्नो खेत खनजोत गर्न पाउनुपर्ने बताएका छन्।

किसान र सरकारबीच मुआब्जाको विषयमा सहमति नहुँदा किसान फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न पुगेका थिए।

सरकारले फास्ट ट्रयाक बनाउन अधिग्रहण गरेपनि किसानलाई पुर्ण मुआब्जा नदिएको किसानको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .