ad ad

समाज


सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच किन भयो झडप?

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच किन भयो झडप?

शैलेन्द्र महतो
असार १५, २०७७ सोमबार ९:४१,

सर्लाहीको धनकौल गाउँपालिकामा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा तीन प्रहरीसहित २१ जना घाइते भएका छन्।

झडपमा ढुंगामुढा र गोलीको छर्रा लागेर तीन प्रहरीसहित दुवै पक्षका गरी २१ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। 

प्रहरीका अनुसार प्रहरी नायव निरीक्षक राज कुमार यादब, प्रहरी हबल्दार रामबाबु साह र प्रहरी जवान तिलक मगर घाइते भएका छन्।

गोलीको छर्रा लागेर कांग्रेस तर्फका स्थानीय संजिव यादब, राकेशकुमार सिंह, रामबिनय पासवान, सुनिल कुमार साह, नितेश कुमार सिंह, बिजय कुमार साह, बिलासी राय, रामचन्द्र हजारी, अरुनकुमार राय, मोह्मद शेख, बिजय सिंह, महबुब अनसारी, सुरजकुमार सिंह, सुनिल महतो र नागेश्वर सहनी घाइते भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, अर्कोतर्फ नेकपाका कार्यकर्ता लक्ष्मण साह, रणधिर राजन बर्मा र बैधनाथ सहनी घाइते छन्।

घाइते सबैको बरहथवा स्थित ऐडभान्स संजिवनी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ।

प्रहरीले गोली चलाएको आशंकामा सर्लाहीकै धनकौल गाँउपालिका २ बस्ने २९ वर्षीय मुकेश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

किन भयो घटना ?
धनकौल गाँउपालिका २ पेट्रोलपम्प नजिक स्थानीय मदन साहका छोरा १६ वर्षीय राजिब कुमार साह ज१त ५०७४ नम्बरको आफ्नो ट्याक्टर नहरमा धुन जाने क्रममा स्थानीय धर्मेन्द्र साह लगायत ७ जना मानिसहरुले बाटो छेकेर कुटपिट गरेका थिए। कुटिएका किशोर नेकपाका समर्थक हुन्।

सोही विषयलाई लिएर नेकपा र कांग्रेस कार्यकर्ताहरुबीच विवाद भएकाे थियाे।

विवाद बढ्दै जाँदा ठुलो संख्यामा उपस्थित भएका दुई समूहबीच झडप सुरु भयाे।

झडप हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा ६३ जना र बसबरिया शसस्त्र बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली त्यहाँ पुगेको थियो। प्रहरीले सम्झाइबुझाइ गर्न प्रयास गरेपनि आक्राेशित स्थानीयबीच ढुंगामुढा हानहान हुन थाल्याे।

दुवै पक्षबीच भएको ढुंगा हानाहान र गोलीको छर्रासमेत लागेर तीन प्रहरी सहित २१ जना घाइते भए। त्यस क्रममा घटनालाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र कुटपिट तथा गोली चलाउनेको खोजबिन भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .