ad ad

समाज


के विनाशकारी सलह फट्यांग्राले मानिसलाई आक्रमण गर्छ?

के विनाशकारी सलह फट्यांग्राले मानिसलाई आक्रमण गर्छ?

नेपालखबर
असार १५, २०७७ सोमबार ९:४५,

दक्षिण एसियामा हालै सलह संकट देखा परेको वर्ल्ड बैंकले जनाएको छ। केही महिना अगाडि पाकिस्तानमा देखिएको सलहको झुन्ड भारत पुगेको थियो। हाल भारतबाट सानो झुन्ड नेपाल प्रवेश गरेको हो।

संयुक्त राष्ट्रसंघ अन्तगर्तको विश्व खाद्य कार्यक्रम ‘डब्लूएपी’का अनुसार सलहको झुन्डले खाद्यबालीमा ठूलो असर गर्ने हुनाले यसले भोकमरी सिर्जना गर्नसक्छ।

सलहले उत्पन्न गराउने खतरा मध्यनजर गर्दै नेपालमा पनि सतर्कता अपनाइएको छ। वैज्ञानिकहरुका अनुसार सलह ‘एक्रीडिडे’ प्रजातिको फट्यांग्रा हो। यो अफ्रिका, एसिया र मध्य पूर्वी क्षेत्रमा रहेका देशमा पाइने गरेको छ।

संसारभर डुलेर खाद्यबाली नष्ट गर्ने हुनाले सलहलाई विश्वकै ‘विनाशकारी प्रवासी किरा’ पनि भन्ने गरिएको छ।

सलहको सानो झुन्ड १ बर्गकिलोमिटरको हुन्छ जहाँ ४ देखि ८ करोड सलह हुन्छन् र यो झुन्डले एक दिनमा ३० हजार मानिसले खाने खाना खान्छ।

यस्तै सलहको ठूलो झुन्डले एक दिनमा १८ लाख मेट्रिक टन खाना खान्छन्। यसको मतलब ठूलो झुन्डले ८१ करोड मानिसले खान खाइदिन्छन्। यो किरा हावाको गति पछ्याएर आफ्नो गन्तव्य तय गर्ने कृषि वैज्ञानिकहरु बताउँछन्।

केही समय अगाडि डब्लूएफपीले अफ्रिकामा सलहका कारण भोकमरी सिर्जना भएको बताएको थियो। डब्लूएफपीले अफ्रिकी देशहरुलाई तत्काल खाद्यसामग्री तथा राहत प्रदान नगरीए त्यहाँका मानिस भोकले मर्ने चेतावनी दिएको थियो।

यो विनाशकारी किराले चाँडै प्रजनन् गर्दछ त्यसकारण यसलाई खतरनाक मानिन्छ। सलहले मानिस र जनावरलाई भने आक्रमण नगर्ने विज्ञहरु बताउँछन्।

सलहको प्रकोप अहिले कहाँ–कहाँ छ?

हाल विश्वमा अफ्रिका, मध्य पूर्वी देश र दक्षिण एसियामा सलह प्रकोपको खतरा रहेको राष्ट्रसंघले जनाएको छ।

यसवर्ष इथियोपिया र सोमालियामा सलहले २५ वर्षयताकै सबैभन्दा बढी क्षति पुर्याएको जनाइएको छ। यस्तै भारत र केन्यामा देखा परेको सलह प्रकोप क्रमश २६ र ७० वर्षयताकै खराब भएको बताइएको छ।

यो एकल विश्वव्यापी प्रकोप हो र यो पृथ्वीको २० प्रतिशत जमिनमा पुग्छ। (वर्ल्ड बैंक र एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .