ad ad

समाज


चार करोड घोटाला गर्ने पूर्व उपकुलपतिसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चार करोड घोटाला गर्ने पूर्व उपकुलपतिसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार ३०, २०७६ सोमबार १२:०,

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालिन उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानबाट भएका खरिदमा बोलपत्रको तथ्यगत आधारबिनै स्वीकृति तथा सम्झौता गरी रकम निकासा गरेर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उनीहरुविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।

अख्तियारले तत्कालीन उपकुलपति दासले चार करोड आठ लाख ९८ हजार १९ रुपैया, निर्देशक सिन्हाले तीन करोड ७५ लाख ३० हजार ६१९, रजिष्टार थापाले एक करोड ९६ लाख नौ हजार ८८० र रजिष्टार श्रेष्ठले ५६ लाख ७७ हजार ४०५ अस्वाभाविक रुपमा बढी मूल्य तिरी सामान खरिद गरी प्रतिष्ठानलाई नोक्सानी पु¥याएका थिए। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१० र दफा ८ को उपदफा (१) बमोजिम भ्रष्टाचार गरेको प्रमाणित गरी सोही रकम नै बिगो कायम गरी बिगो असुल र कैद सजायका साथमा थप सजाय समेतको माग गरिएको छ।

त्यस्तै प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवले पनि नियम विपरीत बोलपत्र स्वीकृत गरी रकम समेत भुक्तानी दिई संस्थालाई हानी पु¥याएको अख्तियारले दावी गरेको छ। लेखा प्रमुख दाहालले दुई करोड ३४ लाख ८१ हजार ८१९ डेपुटी मेनेजर श्रीवास्तवले एक करोड ७४ लाख १६्र हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही रकम बिगो कायम गरी विगो असुल गर्दै कैद सजायसमेत माग गरिएको छ।

त्यस्तै उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रो‍ चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रो उमेश अग्रवालले पनि प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतोमा खरिद संझौता गरी भुक्तानी लिएको अख्तियारले जनाएको छ।

अग्रवालले एक करोड चार लाख १६्र हजार ७९७ र उमेशले ६० लाख ३६ हजार ३४३ हिनामिना तथा भ्रष्टाचार गरेको भन्दै सोही रकम विगो कायम गरी बिगो असुलसहित कैद सजायको माग गर्दै आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .