ad ad

राजनीति


सांसदहरुलाई सभामुखले भनेः प्रभावित क्षेत्रमा गएर उद्धारमा जुट्नुहोस्

सांसदहरुलाई सभामुखले भनेः प्रभावित क्षेत्रमा गएर उद्धारमा जुट्नुहोस्

नेपालखबर
असार ३०, २०७६ सोमबार ११:४९,

केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधन क्षतिप्रति संघीय प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले आह्वान गरेका छन्। सोमबार प्रेस वक्तव्य जारी गर्दै सभामुख महराले उक्त घटनाले आफू निकै मर्माहत र स्तब्ध भएको बताएका हुन्।

सभामुख महराले घटनाका घाइतेको उपचारमा कमी हुन नदिन सरकारलाई विशेष अनुरोध गरेका छन्। त्यस्तै मृतकमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महराले शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘विनाशकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग हार्दिक अपिल गर्दछु।’

सांसदहरुलाई समेत सभामुखले प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न विशेष आग्रह गरेका छन्।

विज्ञप्तिमा सभामुख महराले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .