कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अनसनमा बसेका एक युवा अस्वस्थ भएपछि उनलाई अस्पताल पुर्याएको छ।
पाटन दरबारमा अनसनमा बसेका ५ जना युवामध्ये सोमबार साँझ सुदन गुरुङको स्वस्थ्यमा अचानक समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो।
क्वारेन्टिनमा बसेकाहरुको पीसीआर टेस्ट गरिनुपर्ने, कोरोना रोकथाम तथा उपचारमा भएको खर्च पारदर्शी गरिनुपर्ने, स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायत माग गर्दै चार दिनयता युवाहरुले पाटन क्षेत्रमा अनसन सुरु गरेका छन।
अस्वस्थ रहेका सुदन तीन दिनदेखि खाना पानी बिना अनसनमा थिए। अस्पतालमा उनको चेकअप तथा परीक्षण जारी रहेको र उनको अवस्था सुधारोन्मोख रहेको इनफ इज इनफ समूहले जनाएको छ।
प्रतिक्रिया