अज्ञात समूहको आक्रमणबाट घाइते भएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकप्टर चार्टर गरी काठमाडौंँ लगिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार अज्ञात समूहको प्रहारबाट टाउको, खुट्टालगायतमा चोट लागेका डाँगीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि आज अपराह्न साढे ४ बजे काठमाडौँ लगिएको हो।
चार जनाको समूहमा आएका व्यक्तिले वडाध्यक्ष डाँगीलाई मध्याह्न १२ बजे वडा कार्यालय नजिकै आक्रमण गरेको प्रहरीले बताएको छ। घटनास्थल नजिकै नेत्रविक्रम चन्द समूहको पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ। रासस
प्रतिक्रिया