ad ad

समाज


अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

गोकुल जोशी
असार १६, २०७७ मंगलबार १३:१९,

सुदूरपश्चिममा थप एक जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ। अछामको रामारोशन गाउँपालिका– ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुंगानाले पुष्टि गरे।

उनको असार १४ गते आइतबार वयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। स्वास्थ्य कार्यालय अछामका अनुसार मृतक मधुमेह रोगबाट ग्रस्त थिए।

‘मधुमेह रोगबाट ग्रस्त हुनाले उपचारका लागि भारत जानु भएको थियो, त्यहाँबाट आए पछि क्वारेन्टिनमा १४ दिन बस्नु भयो’ स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाले भने, ‘त्यस पछि आरडिटी गरेर घर पठायौँ।’

असार १३ गते राति एक्कासी श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याइएको र उपचारकै क्रममा १४ गते मृत्यु भएको थियो।

‘स्वाब संकलन गरेर अस्पतालले धनगढी प्रयोगशालामा पठाएको थियो। आज रिपोर्ट पोजेटिभ आएको छ’ जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुंगानाले भने।

मृतकको शव खाल्डोमा गाडिएको उनले बताए।

‘मृतकसँगै कुरुवा बस्न दुई जना अस्पताल आउन भएको थियो, कोरोना आशंका गरिएकाले शव व्यवस्थापनमा सतर्कता अपनाएका थियौँ’ ढुंगानाले भने, ‘कुरुवा बस्नु भएका दुई जनाले नै शव गाड्नु भएको हो।’

यो सँगै सुदूरपश्चिममा मृत्यु हुने संक्रमितको संख्या ७ पुगेको छ भने नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म कोरोनाबाट २९ जनाको मृत्यु भइसकेको पुष्टि गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .