ad ad

समाज


ट्यांकरको ठक्करबाट एक जनाको मृत्युएपछि स्थानीयद्वारा दुई ट्यांकरमा आगजनी

ट्यांकरको ठक्करबाट एक जनाको मृत्युएपछि स्थानीयद्वारा दुई ट्यांकरमा आगजनी

गोकुल जोशी
असार १९, २०७७ शुक्रबार ७:४७,

कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित पुनर्वास नगरपालिकामा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

पुर्नवास नगरपालिका–१ कान्छी बजार नजिकै पानी बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए। ट्यांकरको ठक्करबाट मृत्यु हुनेमा पुर्नवास नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरी रहेका छन्।

तीव्र गतिमा गुडिरहेका बा १ क ९७८४ र से १ क १७४ नम्वरको ट्यांकरमध्ये एउटाले से ६ प ६४२६ नम्वरको मोटरसाइकलमा सवार ठकुरीलाई ठक्कर दिएको थियो। ती दुई ट्यांकरमध्ये ठक्कर दिनेको पहिचान हुन सकेको छैन्। ठक्करपछि गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो।

ठकुरीको मृत्युपछि सो क्षेत्र तनावग्रस्त भएको छ। आक्रोसित स्थानीयले पानी ढुवानी गर्ने ती दुवै ट्यांकरमाथि आगजनी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .