ad ad

समाज


कलाकार शेरचनले तिरिदिइन् सात परिवारको घरभाडा

कलाकार शेरचनले तिरिदिइन् सात परिवारको घरभाडा

नेपालखबर
असार १९, २०७७ शुक्रबार १४:४७,

झारपातबाट सुन्दर कलाकृति बनाउने पोखरेली कलाकार मिलन शेरचनले बन्दाबन्दीका समयमा समस्यामा परेर घरभाडा तिर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोग गरेकी छन्।

शेरचनले ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएका सात परिवारको अवस्था हेरेर दुई महिनाको घरभाडा रकम उपलब्ध गराएकी हुन्।

‘बन्दाबन्दीले ज्यालामजदूरी गर्नेहरु निकै समस्यामा हुनुहुँदोरहेछ, बसिरहेको घरको भाडा बुझाउन नसक्दा समस्यामा परेको थाहा पाएर रकम उपलब्ध गराएकी हुँ’ हस्तकलाका सर्जक शेरचनले भनिन्, ‘कोही कसैलाई सहयोग गरेर प्रचार गर्नु राम्रो होइन तर एक जनाले शुरुआत गरेपछि अर्को सहयोगी मन पनि थपिने रहेछ।’

उनले आफूले शुरुआत गरेपछि आफन्त एवं इष्टमित्रबाट पनि विपन्न परिवारका लागि केही रकम प्रदान भएको छ।

‘अहिलेसम्म सात परिवारको मासिक चारदेखि पाँच हजार रुपियाँसम्मको दुई महिनाको घरभाडा उनीहरु बसिरहेको स्थानमै गराएर उपलब्ध गरायौँ’, यसै वर्ष नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट हस्तकला विधामा राष्ट्रिय पुरस्कार प्राप्त गरेका शेरचनले भनिन्।

बाढीपहिरो, भूकम्प, उपचारबाट वञ्चित, गरीब, दुःखी र असहायको सहयोगमा जुटिरहने शेरचनको संयोजनमा यसअघि बन्दाबन्दीले समस्यामा परेका पोखराका विभिन्न वडाका करीब ८० जनालाई राहत वितरण गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .