बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ।
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले बताए।
‘अहिलेसम्म चार जनाको शव भेटिएको छ’, नेपालखबरसँग कुरा गर्दै वडाध्यक्ष बोहराले भने, ‘अझै तीन जना बेपत्ता बेपत्ता हुनुहुन्छ।’ शव भेटिएकामध्य एकै परिवारका तीन जना र अर्का एक जना रहेको उनले जानकारी दिए।
वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा र १३ वर्षीया छोरी अस्मीता जेठाराको शव फेलाको परेको छ। यस्तै केदारस्युँ गाउँपालिका–८ का ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ।
उद्धारका लागि अहिले दुर्गाथली र धोताको प्रहरी टोली घटनास्थल पुगेको छ।
सो पहिरोमा परी अझै तीन जना बेपत्ता छन्। वडाध्यक्ष बोहराका अनुसार २२ वर्षीय गिरी जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य भइरहेको उनले बताए।
प्रतिक्रिया