ad ad

समाज


खोकनामा रोपाइँ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप

खोकनामा रोपाइँ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप

नेपालखबर
असार २०, २०७७ शनिबार ९:१७,

ललितपुरको फस्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ।

विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई अवरोध गरेपछि झडप भएको हो। किसानहरु सामूहिक रुपमा धान रोप्न गएपछि झडप भएको हो।

नेवाहरुको आफ्नो भूमिमाथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनास गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताइन्। ३ हजार वर्ष अगाडिको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कदमविरुद्ध धान रोपेर विरोध गरिएको उनले बताइन्।

किसानहरु संयुक्त रुपमा धान रोपाई गर्न थालेपछि विहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले धान रोप्न नदिएपछि उनीहरुले नाराबाजी सुरु गरेका थिए।

स्थानीयहरु रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कुदालोसहित कुदेश, सिकाली हुँदै खुदोल पुगेका थिए। उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए। ‘फास्ट ट्रयाक चाहिँदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होऊ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो।

खोत रोपाईमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भिडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो। बाहिरी चक्रपथ, काठमाडौं तराई द्रूतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन्। सांस्कृति सम्पदाहरुमाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन्। यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .