ad ad

समाज


गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय १६ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय १६ पुग्यो

वाशुदेव मिश्र
असार २४, २०७७ बुधबार ६:१५,

गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ११६ पुगेको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार बागलुङको गलकोटकी २४ वर्षीया महिलासहित तनहुँको म्याग्देका २९ वर्षीय तथा म्याग्दीको बेनी निवासी ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयले दुई दिनअघि सोमबार गण्डकीमा संक्रमितको संख्या १ हजार ११३ भएको जनाएको थियो। त्यसपछि भने उसले संक्रमण बढे नबेढकोबारे कुनै जानकारी दिएन।

प्रदेशमा अझै पनि ४४७ जनाको स्वाब परीक्षण हुन बाँकी छ। दुई दिनसम्म स्वास्थ्य प्रयोगशालामा परीक्षण नै रोकिएको हो र? भन्ने प्रश्नमा स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले भने, ‘हामीले स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आउँदा जानकारी दिँदैनौं, पोजेटिभ आउँदा भने एम्बुलेन्स, आइसोलेसनको व्यवस्थालगायतका तयारी गर्नुपर्ने भएकाले सूचना दिइन्छ, हाम्रो काम निरन्तर भइरहेको छ।’

निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म १८ हजार ६६० जनाको स्वाब संकलन गरिएको छ। तीमध्ये १७ हजार ९७ जनाको नेगेटिभ आएको छ भने ३५३ जना संक्रमित भएर पनि निको भएका छन्। संक्रमणबाट गण्डकीमा ४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .