ad ad

समाज


मास्क नलगाउने ६४ जना पक्राउ

मास्क नलगाउने ६४ जना पक्राउ

नेपालखबर
असार २४, २०७७ बुधबार ६:११,

मास्क नलगाइ हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार एकैदिन सिरहा प्रहरीले ६४ जनालाई पक्राउ गरी कारबाही गरेको हो।

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी संक्रमण रोग ऐन, २०२० अनुसार कारबाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए।

रगतको अभाव हुन नदिन रक्तदान
कोरोना भाइरस संक्रमणका बेला रगतको अभाव हुन नदिन सिरहाका २६ युवाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लहानको समन्वयमा नगर युवा सञ्जाल सुखीपुरद्वारा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन्।

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष सुनिलकुमार यादवले जानकारी दिए। लकडाउनको समयमा रक्तदाता घटेकाले रगतको अभाव हुन थालेपछि रक्तदान गरिएको सञ्जाल अध्यक्ष यादवको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .