चीनको विदेशमन्त्रालयले बुधबार डब्लूएचओले चीनमा विज्ञहरुको टोली अनुसन्धानका लागि पठाउने जानकारी दिएको हो।
अमेरिकी अधिकारीहरुले यसअघि कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको आशंका गरेका थिए।
अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई कोरोनाको उत्पत्तिबारे चीनले स्वतन्त्र अनुसन्धान गर्न दिनुपर्ने माग गरेको थियो।
चीनले कोरोनाको अनुसन्धान वैज्ञानिक हिसाबले गरिनुपर्ने बताउँदै आफूले स्वतन्त्र अनुसन्धान गर्न दिने तर अफवाह भने नफैल्याउन अमेरिकालाई चेतावनी दिएको थियो।
— Lijian Zhao 赵立坚 (@zlj517) July 8, 2020WHO will send a team of experts to Beijing to exchange views on the scientific cooperation on the origin of #COVID19. WHO will send similar teams to other countries and regions as needed.
pic.twitter.com/9OIEZocVnk
चिनियाँ वैज्ञानिकले पनि डब्लूएचओलाई अनुसन्धानमा सहयोग पुर्याउने चीनको विदेशमन्त्रालयले बुधबार बताएको छ।
यतिबेला चीनले डब्लूएचओलाई कोरोनोको उत्पत्तिबारे अनुसन्धान गर्न अनुमति दिएको छ। तर अमेरिका भने डब्लूएचओबाट यतिबेला बाहिरिने प्रक्रियामा छ। एजेन्सी
Shares
प्रतिक्रिया