ad ad

समाज


चार दिनदेखि बेपत्ता सिंहकाे शव चुरेको जंगलमा फेला

चार दिनदेखि बेपत्ता सिंहकाे शव चुरेको जंगलमा फेला

गोकुल जोशी
असार ३१, २०७६ मंगलबार १५:१०,

गत शुक्रवारदेखि बेपत्ता रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका बसन्त बहादुर सिंह मृत अवस्थामा भेटिएका छन्।

भीमदत्त नगरपालिकाको चुरे क्षेत्रकाे जंगलमा मङगलवार बेलुका सिंह मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतक सिंहको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

भीमदत्त नगरपालिका अन्तर्गत पर्ने चुरे क्षेत्र स्थानीय बडाल खर्क (आँसी कार्ने स्थान) मा बेपत्ता भएको चार दिन पछि शव पुरै सडेगलेको अवस्था भेटिएको हो। असार २७ गते शुक्रवार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकमको चेक बुझाउन जान्छु भन्दै घरबाट निस्केका ४५ वर्षीय सिंह महेन्द्रनगर बजार क्षेत्रबाट सम्पर्कविहिन भएका थिए।

घरबाट मोटरसाइकल लिएर चेक साट्न महेन्द्रनगरका लागि हिँडेपछि बेपत्ता रहेका सिंहको म ३ प ५३७ नम्बरको मोटरसाइकल आइतवार भीमदत्त नगरपालिका–७ खन्या खोलामा भेटिएको थियो। उनको शव प्राप्त भएको स्थान मोटरसाइकल भेटिएको ठाउँबाट झण्डै ३÷४ किलोमिटर उत्तरतर्फ रहेको छ। सिंहको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

शनिवार मात्रै सिंहको परिवारले हराएको भन्दै खोज तलासका लागि जिल्ला प्रहरी कार्यायलमा उजुरी गरेका थिए। धनगढीबाट तालिम प्राप्त कुकुर ल्याएर समेत उनको खोजी गरिएको थियो।

हराएको दिन अर्थात शुक्रवार राती ८ बजेसम्म घरपरिवारको सिंहसँग सम्पर्क भएको र दैजी रहेको बताएका तर पछि उनी सम्पर्कमा नआएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .