ad ad

समाज


डोनाल्ड ट्रम्पले आफ्ना पुरानो साथी स्टोनको कैद अवधि कटौती गरे

डोनाल्ड ट्रम्पले आफ्ना पुरानो साथी स्टोनको कैद अवधि कटौती गरे

नेपालखबर
असार २७, २०७७ शनिबार ९:३८,

ट्रम्पका पूर्व सल्लाहकार समेत रहेका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाइएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय घोषणा गरिएको थियो।

एक पुनरावेदन अदालतले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पले शनिबार समयावधि कटौतीको घोषणा गरेका हुन्।

उनलाई आगामी मङ्गलबार जर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुन आदेश दिइएको थियो।

स्टोनलाई अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोग पनि लगाइएको छ।

तर राष्ट्रपति ट्रम्पले भने ६७ वर्षीय स्टोन पहिले नै धेरै पीडित भइसकेकाले जेल सजाय अवधि घटाउनु परेको बताएका छन्।

“रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित हुन्। ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाएका छन्,”ट्रम्पले भने।

Roger Stone and Donald Trump's complicated 30-year history — Quartz

राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि स्टोनमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको ट्रम्पको आरोप छ।

तर विपक्षी डेमोक्र्यटिक पार्टीका नेताहरूले भने ट्रम्पको यस निर्णयको आलोचना गदैै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन्।

सन् १९७० देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका स्टोनले सन् १९९० को दशकमा ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गरेका थिए। त्यही पुरानो सम्वन्ध र चुनावका बेला सघाएकाले उनलाई राष्ट्रपति ट्रम्पले सल्लाहकारमा मनोनित गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .