ad ad

कारोबार


कोरोनाका कारण उड्डयन उद्योगमा आवद्ध दश लाख मानिसले रोजगारी गुमाउने

कोरोनाका कारण उड्डयन उद्योगमा आवद्ध दश लाख मानिसले रोजगारी गुमाउने

नेपालखबर
असार २७, २०७७ शनिबार ९:३०,

दुई सय ९० एयरलाइन्स कम्पनीको प्रतिनिधित्व गर्ने एसोसिएसनका अनुसार विश्वभरका एयरलाइन्स कम्पनीले ८४ अर्ब अमेरिकी डलरको समेत घाटा व्यहोर्नेछन्।

यसैहप्ता अमेरिकाको शीर्ष तीन विमान कम्पनीमध्येको एक कम्पनी युनाइटेड एयरलाइन्सले ३६ हजार रोजगारी कटौती गर्ने चेतावनी दिएको थियो।

अमेरिकाभर दुई लाख विमान कम्पनीका कर्मचारीले रोजगारी गुमाउने अनुमान गरिएको छ। हालैमात्र एमिरेट्स एयरलाइन्सले ९ हजार कर्मचारीको जागिर जाने बताएको छ।

कोरोनाका कारण विश्व लकडानमा जाँदा विश्वभरका व्यवसाय ठप्प भएको छ। व्यवसाय ठप्प भएर आर्थिक कारोबार बन्द भएको अवस्थामा कर्मचारीलाई तलब दिनुपर्ने हुँदा आर्थिक भार परेपछि कम्पनीहरुले कर्मचारी कटौती गरेका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .