सूर्य नेपाल प्रालिले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा १ करोड सहयोग गरेको छ।
यो गण्डकी प्रदेश सरकारलाई प्राप्त भएको सबैभन्दा ठूलो सहयोग हो।
कम्पनीको तर्फबाट सूर्य नेपालका वाणिज्य प्रमुख यादव गौतमले सो रकम मुख्यमन्त्री पृथ्वीसुब्बालाई हस्तान्तरण गरे। उनले सामाजिक उत्तरदायित्तवोध गर्दै संकटको बेलामा यो रकम सहयोग गरेको र आउँदा दिनमा पनि सहयोग जारी राख्ने बताए।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहयोग ग्रहण गर्दै यति ठूलो सहयोग दिएको धन्यवाद ज्ञापन गरे।
सूर्य नेपालको तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराफाँटमा कम्पनी रहेको छ। लकडाउनको बेला चुरोट कम्पनीमा काम गर्ने मजदुरहरुले सामान्य विवादसँगै काम रोकेका थिए भने यसअघि पनि कम्पनीले शुक्लागण्डकी नगरपालिकालाई कोरोना रोकथामको लागि भन्दै १० लाख सहयोग गरेको थियो।
प्रतिक्रिया