बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो।
ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए।
अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए। घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको स्रोतले बतायो। आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले एक लाख रुपैयाँ घुस मागेका थिए।
सामान्य सुराकीको आधारमा जिरोकिलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको रिजालले बताए।
प्रतिक्रिया