सशस्त्र प्रहरी टोलीले सिरहा जिल्लाको सिरहा नगरपालिका १९ सोहरुवा स्थित सीमा ईलाकाबाट श्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको अर्नामा गाँउपालिकाको लक्ष्मीपुर बस्ने ३७ वर्षीय सुकदेव ठाकुर छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज ठाकुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा निज ठाकुरले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि सो रकमसहित उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका निज ठाकुरलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ।
प्रतिक्रिया