ad ad

समाज


भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा

भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा

नेपालखबर
साउन ८, २०७७ बिहिबार १२:३४,

भेरी अस्पताल, बाँकेका कम्प्युटर अपरेटर पक्राउ परेका छन्।

अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

विभिन्न फर्म तथा पसलहरुबाट लिएको कमिसन बापतको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ र केही चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले खनाललाई पक्राउ गरेको हो।

उनलाई बिहीबार उक्त नगद र चेकसहित कार्यकक्षबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ।

१० लाख बढी नगद र केही चेक उनको साथमा रहेको अख्तियारलाई सूचना आएपछि अख्तियारको टोली उनलाई पक्राउ गर्न पुगेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

ऋजबत ऋयलखभचकबतष्यल भ्लम
त्थउभ ब mभककबनभ, २लबmभ।।।

 

 

 

मेरो कोरोना रिपोर्ट नेगेटिभ आयो भन्ने समाचार झुटो हो ः अमिताभ बच्चन

कोरोना संक्रमणसँग जुधिररह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .