ad ad

समाज


दरबारमार्ग वृत्तबाट हटाइए डीएसपी रञ्जन दाहाल, एकेडेमीमा तानियो

दरबारमार्ग वृत्तबाट हटाइए डीएसपी रञ्जन दाहाल, एकेडेमीमा तानियो

उजिर कार्की
साउन १५, २०७७ बिहिबार १२:५,

दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाललाई सो वृत्तबाट हटाई प्रहरी प्रशिक्षण (एकेडेमी) मा तानिएको छ।

कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर स्कर्पियो गाडिमा त्यसका मानिस भागेको काण्ड रहस्यमय बन्दै गएपछि त्यसबारे अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको थियो।

दाहालले कमलादी घट्नाको अप्रेसन गरेका थिए।

सो काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

मंगलबार काठमाडौंको कमलपोखरी चोकमा चेकजाँचका क्रममा बा ६च ५५१९ नम्बरको स्कर्पियो गाडी भागेको थियो। प्रहरीले पिछा गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो।

याे पनि:

काठमाडौंमा सुन र पेस्तोल फालेर भाग्ने तीन जना नवलपरासीमा पक्राउ

प्रहरीको ‘अपत्यारिलो अप्रेसन’, सुन र हतियार बुझाएर राजधानीमै गाडीमा भाग्न संभव छ?

कमलादीमा सुन र पेस्तोल प्रकरण : २४ घण्टा नबित्दै फेरिए छानविन समितिका संयोजक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .