ad ad

समाज


नेपालीलाई कुवेत प्रवेशमा रोक

नेपालीलाई कुवेत प्रवेशमा रोक

नेपालखबर
साउन १६, २०७७ शुक्रबार २:११,

कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।

नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्।

कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ।

कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले पनि नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेश नदिइने कुवेत सरकारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .