ad ad

समाज


बारा र पर्सामा एकैदिन १३३ कोरोना संक्रमित थपिए, दुईको मृत्यु

बारा र पर्सामा एकैदिन १३३ कोरोना संक्रमित थपिए, दुईको मृत्यु

नेपालखबर
साउन २१, २०७७ बुधबार १०:१८,

प्रदेश २ को बारा र पर्सा एकैदिन १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल, वीरगञ्जका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा. मदनकुमार उपाध्यायले एकैदिन दुई जिल्लामा मात्रै १३३ जनामा कोरोना संक्रमण पुष्टि गरे।

 नारायणी अस्पताल, वीरगञ्जमा बुधबार गरिएको परीक्षणमा २४ महिला र १०९ जना पुरुष गरी १३३ जना संक्रमित भेटिएको उपाध्यायले जानकारी दिए।

मेसु उपाध्यायका अनुसार ४ सय ८८ जनाको स्वाब परीक्षण गर्दा १३३ को रिपोर्ट पोजिटिभ आएको हो।

उनले वीरगञ्ज चिनी मिल, वीरगञ्ज कारागार, पर्साको सिमरामा रहेको क्वारेन्टिन लगायतका क्षेत्रका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको जानकारी दिए।

मेसु उपाध्याएका अनुसार पर्सामा आजै दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ८ घर भएकी १८ वर्षीया युवती र वीरगन्ज महानगरापलिका–१५ का ४६ वर्षीय पुरुष रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .