ad ad

कला


सुशान्त सिंह राजपुतः रिया चक्रवर्ती फरार भएको बिहार प्रहरीको भनाइ

सुशान्त सिंह राजपुतः रिया चक्रवर्ती फरार भएको बिहार प्रहरीको भनाइ

नेपालखबर
साउन २१, २०७७ बुधबार १०:१२,

बिहार प्रहरीले रिया चक्रवर्ती अनुसन्धानको दायरामा नआएको साथै उनी मुम्बई प्रहरीको सम्पर्कमा रहेको विषयमा आफूहरुलाई थाहा नभएको बताएका छन्।

साथै सुशान्तको आत्महत्याको विषयमा अनुसन्धान गर्न बिहारबाट मुम्बई गएका प्रहरी अधिकारीलाई क्वारेन्टिनबाट निकाल्न पनि बिहार प्रहरीले आग्रह गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

सुशान्तको आत्महत्यापछि उनको पिता के.के सिंहले सुशान्तका प्रेमिका रिया चक्रवर्तीमाथि पटनामा उजुरी हालेका छन्। त्यस कारण बिहार प्रहरीको नेतृत्व गर्दै आइपीएस विनय तिवारी गत आइतबार मुम्बई पुगेका थिए।

रियाका कारण सुशान्तले आत्महत्या गर्नुपरेको के.के सिंहको भनाइ छ। मुम्बई प्रहरीले सुशान्त सिंह राजपुतको आत्महत्याको कारणबारे अनुसन्धान गर्न असहयोग गरेको अरोप लाग्ने गरेको छ।

यसबीचमा सुशान्तको गृहनगर बिहारकै प्रहरी मुम्बई पुगेका हुन्। बिहार प्रहरीले भनेको छ,‘रिया चक्रवर्ती हामीसँग सम्पर्कमा छैनन्। उनी फरार छन्, उनी बाहिर आएकी छैनन्। उनी मुम्बई प्रहरीको सम्पर्कमा भएको विषयमा हामीलाई केही जानकारी छैन।’

यसैबीच बिहार सरकारको सिफारिसलाई स्वीकार गर्दै केन्द्र सरकारले सुशान्त सिंहको आत्महत्याको विषयमा अनुसन्धान गर्न सीबीआईलाई स्वीकृति दिएको छ। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .