ad ad

समाज


कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन चार जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन चार जनाको मृत्यु

नेपालखबर
साउन २१, २०७७ बुधबार १३:१६,

नेपालमा कोरोना संक्रमणबाट आज (बुधबार) एकैदिन चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साका १, मोरङका २ र  सर्लाही घर भई सशस्त्र प्रहरी अस्पताल बलम्बु काठमाडौँमा उपचाररत एक महिला रहेका छन्। यो एकैदिन मृत्यु हुनेमध्येको अहिलेसम्मकै धेरै संख्या हो।

नारायणी अस्पताल, वीरगञ्जका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा. मदनकुमार उपाध्यायले  पर्सामा कोरोनाका कारण एक जनाको मृत्यु भएको र एक जना सोमबार मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको बताए।

मृत्यु हुने वीरगन्ज महागरपालिका १५ का ४६ वर्षीय पुरुष रहेको र उनी मधुमेहका रोगी रहेको मेसु उपाध्याले बताए। उनमा पछिल्लो समय ज्वरो र खोकी देखिएको थियो।

उनको १८ गते स्वाब संकलन गरिएको र १९ कोरोना पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार वीरगन्ज अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको आइसोलेसनमा उपचारकै क्रममा बुधबार बिहान ६ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए।

त्यस्तै सोमबार मृत्यु भएकी पर्साको पोखरिया नगरपालिका ८ घर भएकी १८ वर्षीया युवतीको पनि मृत्युपछि बुधबार कोरोना पुष्टि भएको उनले बताए।

त्यस्तै कोरोनाकै कारण बुधबारै मोराङमा दुई जनको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ९ का ४५ वर्षीय पुरुष रंगेली नगरपालिका– ८ का ४५ वषीय पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोराङका प्रवक्ता डीएसपी मानबहादुर राईले कोरोनाका कारण मोरङमा दुई जनाको मृत्यु भएको पुष्टि गरे।

उनका अनुसार वीराटनगरका पुरुषको कोशी अस्पतालको आइसोलेसन केन्द्रमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको हो भने रंगेली नगरपालिकाका अर्का पुरुषको उपचारका लागि ल्याउने क्रममा बिहान १० बाटैमा मृत्यु भएको हो।

संक्रमित विराटनगरका पुरुष कलोजोको समस्याबाट पीडित रहेको र रंगेलीका पुरुषमा ज्वरो, स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ।

त्यस्तै बुधबारै कोरोनाका कारण बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाहीको मलंगवाकी ६५ वर्षीया महिलाको ज्यान गएको हो। उनको उपचारका क्रममा बुधबार दिउँसो ज्यान गएको एपीएफ अस्पतालले जनाएको छ।

निमोनियाको बिरामी भएपछि उनी १६ गते काठमाडौंको मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएकी थिइन्।

१९ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई एपीएफ अस्पतालमा सारिएको थियो। मनमोहनमा हुँदै उनलाई आईसीयूमा राखिएको थियो।

बलम्बु अस्पतालमा समेत आईसीयूमा राखेर उपचार भइरहेका बेला उनको ज्यान गएको अस्पतालले जनाएको छ।

योसँगै कोरोनाका कारण आज बुधबारमात्रै चार जनाको मृत्यु भएको छ भने थप एकको मृतयुपछि कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .