ad ad

समाज


एपीएफ अस्पतालमा काेराेना उपचारका लागि थपियाे आईसीयू र मोलिकुलर ल्याब

एपीएफ अस्पतालमा काेराेना उपचारका लागि थपियाे आईसीयू र मोलिकुलर ल्याब

नेपालखबर
साउन २१, २०७७ बुधबार १३:३१,

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आईसीयू भवन र मोलिकुलर ल्याबको उद्घाटन गरेका छन्।

कोभिड–१९ को उपचारको लागि तीब्रगतिमा निर्माण भएको २० शैय्याको आईसीयू भवन र मोलिकुलर ल्याबको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बुधबार उद्घाटन गरेका हुन्।

त्यसअवसरमा महानिरीक्षक खनालले नागरिकलाई महामारीको बेला प्रदान गर्नुपर्ने सेवा र सुरक्षाको साथै अतिनै महत्वपूर्ण रहेको स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी अहोरात्र बिरामीको सेवामा कृयाशिल रहन सो अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिए।

उनले नेपाल सरकारबाट सो अस्पताललाई कोभिड–१९ रोकथाम तथा उपचारमा डेडिकेटेड अस्पतालको जिम्मेवारी सुम्पिएकोमा उक्त जिम्मेवारी निर्वाहका लागि थप भएका सेवा सुविधाको अधिकतम उपयोग गरि स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पताल सधैँ प्रतिवद्ध रहने उल्लेख गरे।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ तथा कोभिड–१९ यूनिफाईड अस्पताल निर्देशन समितिका अध्यक्ष डा. रोशन पोख्रेलले यस कोभिड–१९ महामारीको  बेला रोगको पहिचान तथा सीघ्र उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल एपीएफ अस्पतालमा आईसीयू भवन र मोलिकुलर ल्याबको स्थापना गरिएको बताए।

नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त बजेट तथा नेपाल एपीएफ अस्पतालको नियमित बजेटबाट सो निर्माण सम्पन्न भएको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .