काठमाडौँको कपनस्थित केयर बाल गृहबाट बुधबार ११ बालबालिकाको उद्धार गरिएको छ।
उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बुधबार बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो।
अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसालले जानकारी दिए।
भुसालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ। केही दिनअघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा शिशु भेटिएको भनी प्रचार भएको थियो।
विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा शिशु लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो। रासस
3
Shares
प्रतिक्रिया