ad ad

समाज


गण्डकी प्रदेशमा समुदायमा फैलियो कोरोना, पछिल्लो २४ घण्टामा भेटिएका २४ मध्ये २२ को छैन ट्राभल हिस्ट्री

गण्डकी प्रदेशमा समुदायमा फैलियो कोरोना, पछिल्लो २४ घण्टामा भेटिएका २४ मध्ये २२ को छैन ट्राभल हिस्ट्री

वाशुदेव मिश्र
साउन २४, २०७७ शनिबार ७:५३,

गण्डकीमा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा फैलिएको प्रमाणित भएको हो।

पछिल्लो विवरण अनुसार संक्रमितमध्ये पोखरा महानरपालिका–१७ मा भेटिएका ५५ वर्षीय पुरुष र म्याग्दीको बेनी नगरपालिका–४ मा भेटिएका २१ वर्षीय पुरुष मात्र भारतबाट आएका हुन्।

यता, बागलुङमा संक्रमित देखिएका १३ जना महोत्तरी जिल्लाबाट आएका रहेका छन्। ती सबै बागलुङ नगरपालिका–१३ का हुन्। पोखरा महानगपालिका–९ का २ व्यक्तिलाई पनि संक्रमण देखिएको छ। उनी संक्रमितको सम्पर्कमा गएका व्यक्ति हुन्। स्याङ्जाको कालीगण्डकीमा भेटिएका एक जना तथा पुतलीबजार नगरपालिकाका ७ जना पनि कन्ट्याक्ट टे«सिङमा परेका हुन्।

समुदायमा संक्रमण फैलन थालेपछि गण्डकी स्वास्थ्य निर्देशनालय अन्तर्गतको क्षयरोग उपचार केन्द्रमा पछिल्लो २४ घण्टामा ७८२ जनाको स्वाब परीक्षण गरेको थियो। तीमध्ये गोरखाका ५०, तनहुँका ५१, लमजुङका ८, स्याङ्जाका १८३, बागलुङका ६१, म्याग्दीका ५५ र कास्कीका ३१४ स्वाब रहेका थिए।

यता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको २८ नमूना परीक्षणहरु सबै नेगेटिभ देखिएका छन्। यसैबीच गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ६११ र निको हुनेको संख्या १ हजार ४४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .