ad ad

समाज


सुदूरपश्चिममा अति भारी र काठमाडौंमा राति ११ बजेदेखि वर्षा, आजको के छ अवस्था?

सुदूरपश्चिममा अति भारी र काठमाडौंमा राति ११ बजेदेखि वर्षा, आजको के छ अवस्था?

नेपालखबर
साउन २५, २०७७ आइतबार ०:४९,

मनसुन क्रमशः सक्रिय हुँदै गएकाले देशभर वर्षा हुने क्रम बढेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार कर्णालीको चिसापानीमा १०४ मिलिमिटर र कैलालीको टीकापुरमा १०२.४ मिलिमिटर वर्षा भएको छ। यो गत १२ घण्टा (शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म) को मापन हो।

माैसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ भने सयभन्दा माथिकोलाई अति भारी वर्षा भनिन्छ।

यस्तै बितेको १२ घण्टामा धनगढीमा ९०.६ मिलिमिटर वर्षा भएको मौसमविद् प्रधानांगले जानकारी दिए।

यस्तै काठमाडौं उपत्यकामा शनिबार राति ११ बजेदेखि निरन्तर वर्षा भइरहेको उनले बताए। बिहान साढे ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २३.२ मिलिमिटर वर्षा भएको छ। वर्षा अझै केहीबेर जारी रहने मौसमविद् प्रधानांगको अनुमान छ। तर पुन: अपराह्नबाट फेरि वर्षा हुने सम्भावना छ।

अहिले बिहान काठमाडौं उपत्यकासहित देशका सबै प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ। ‘कुनै ठाउँमा रातिदेखि नै वर्षा जारी छ भने कुनै स्थानमा बिहानदेखि भइरहेको हो,’ मौसमविद् प्रधानांगले भने, ‘सुदूरपश्चिमतर्फ अलि बढी वर्षा भइरहेको छ।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा शनिबार राति नै नेपालको तराई नजिक आइपुग्ने अनुमान गरिए पनि अहिलेसम्म नेपाल छोइसकेको छैन।

‘यो उत्तर (नेपाल) तर्फ सर्ने क्रम जारी नै छ,’ मौसमविद् प्रधानांगले आइतबार बिहान नेपालखबरसँग भने, ‘मेरो अनुमान आज (आइतबार) रातिसम्ममा यो रेखाले नेपालको तराई भूभाग छुनेछ।’

त्यसपछि १–२ दिन वर्षा अझ बढ्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ- 

‘देशका प्रदेश १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

माैमस पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेकाे तीन दिनकाे अनुमान यस्ताे छ-

Screenshot 150

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .