ad ad

समाज


रुसले थाल्याे कोरोना खोपको उत्पादन, ‘यही महिनाकाे अन्त्यसम्ममा बजारमा आउने’

रुसले थाल्याे कोरोना खोपको उत्पादन, ‘यही महिनाकाे अन्त्यसम्ममा बजारमा आउने’

नेपालखबर
साउन ३१, २०७७ शनिबार १५:४७,

रुसले आफूले बनाएको कोरोनाा खोप उत्पादन थालेको छ।

रुसी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार यही (अगस्ट) महिनाको अन्त्यसम्ममा खोप बजारमा आउनेछन्।

कतिपय विशेषज्ञले भने रुसले चाँडै खोप बनाउने चक्करमा अपनाउनुपर्ने सुरक्षाका विषयमा सम्झौता गरेको (अपनाउनुपर्ने जति नअपनाएको) भन्दै चिन्ता व्यक्त गरेका छन्।

रुसमै गरिएको स्वतन्त्र सर्वेक्षणमा त्यहींका आधाभन्दा बढी स्वास्थ्यकर्मीले खोपप्रति अविश्वास प्रकट गरेका छन्।

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खोप बनाउँदा पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिएको र आफ्नै छोरीलाई समेत लगाइसकिएको यसअघि नै बताइसकेका छन्।

रुसले खोपको नाम स्पुत्निक भी राखेको छ। रुसी भाषाामा स्पुत्निकको अर्थ उपग्रह (स्याटेलाइट) हो। रुसले नै विश्वमा पहिलो उपग्रह बनाएको थियो। बीबीसी

याे पनि : कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने ट्रम्पको विश्वास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .