भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले सन्न्यास घोषणा गरे लगत्तै शनिबार अर्का खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन।
भारतीय ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जालमा एक पोस्ट जारी गर्दै सन्न्यास घोषणा गरेका हुन।
सन्न्यास घोषणा गर्दै रैनाले आफ्नो इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै लेखेका छन, 'धोनी हजुरसँग खेल्ने इच्छा थियो। पूरै दिलदेखि गर्वका साथ। म हजुरको यस यात्रामा सामेल हुन चाहान्छु। धन्यवाद इण्डिया।'
रैनाले भारतीय क्रिकेटको मध्यक्रमका ब्याट्सम्यान थिए। १८ टेस्ट खेलेका रैनाले १ शतकसहित ७६८ रन बनाएका छन।
भारतीय टोलीबाट २२६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका उनले ५ शतकसहित ५६१५ रन बनाएका छन। यस्तै ७८ टि-२० खेल खेलेका उनले १६०४ रन बनाएका छन। टि-२० मा रैनाको नाममा एक शतक पनि छ।
प्रतिक्रिया